गृहपृष्ठ केपीको प्रचण्डलाई व्यङ्ग्य : आफ्ना छोरी ज्वाइँको पीर मान्नेले अरुका छोराछोरी युद्धमा होम्ने ?

केपीको प्रचण्डलाई व्यङ्ग्य : आफ्ना छोरी ज्वाइँको पीर मान्नेले अरुका छोराछोरी युद्धमा होम्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवाद तथा नातावादमा रम्नेय नेता भएको टिप्पणी गरेका छन् । बिहीबार प्रेस सेन्टर नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाललाई देशको निम्ति नभइ छोरा, छोरी ज्वाइलगायत आफन्तको लागि जे गर्न पनि तयार हुने नेता भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रवाद, भौगोलिकता र अखण्डतालाई बलियो बनाउन खोज्दा दाहालले मुलुकका लागि नभइ आफ्ना छोरी ज्वाइँका लागि जे पनि गर्न तयार हुनुहुँदो रहेछ ।’ ओलीले दाहाललाई प्रश्ना गर्दै भने, ‘आफ्ना छोरी र ज्वाइका लागि मात्रै गर्ने हो भने जनयुद्धमा तपाईलाई यहाँसम्म पुर्याउने योद्दाका छोराछोरी छैनन् । लड्ने बेलामा उनीहरूलाई प्रयोग गर्ने, आफ्ना छोराछोरीलाई विदेशमा राख्ने, अहिले आफ्नाको मात्रै चिन्ता गर्ने ?’

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु