गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ लाख नाघ्यो

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ लाख नाघ्यो

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ लाख पुगेको छ । गएको २४ घण्टामा मात्रै साढे १६ हजारले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ लाख ३४१ पुगेको हो । त्यस्तै अहिलेसम्म करिब १० करोडको हाराहारीमा संक्रमित देखिएका छन् । अहिलेसम्म विश्वभर ९ करोड ८० लाख ८६ हजार जना संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सात करोडभन्दा बढी संक्रमित डिस्चार्ज भएको छन् । अहिले सक्रिय संक्रमितको संख्या दुई करोड ५२ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये पनि एक लाख ११ हजार संक्रमितको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी अमेरिकामा दुई करोड ५१ लाख ९६ हजार संक्रमित देखिएका छन् भने चार लाख २० हजार संक्रमितको ज्यान गएको छ । कोभिड फलिएको एक वर्षमा सबैभन्दा बढी कोरोनाले क्षति पु¥याएको मुलुकको रुपमा पनि अमेरिका देखिएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपतीय निर्वाचनले संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म भारतमा एक करोड ६ लाखभन्दा बढी संक्रमित देखिएका छन् । जसमा एक लाख ५३ हजार संक्रमितले ज्यान गुमाइसकेका छन् । अहिले भारतमा एक करोड दुई लाख संक्रमित संक्रमणमुक्त भइसकेका छन् भने एक लाख ९० हजार सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु