गृहपृष्ठ संसद विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश
संसद विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश
प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश भएको छ । बिहीबारको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताले संसद प्रतिनिधि सभा विघटन गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशन नभएको तर्क व्यवसायीले गरेका थिए ।
अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको बहसमा संसद विघटन गरेपछि राजपत्रमा प्रकाशित नगरेको भन्दै बहस गरेका थिए । त्यसलगत्तै राजपत्रमा प्रकाशित सूचना पेस गर्न इजलासले सरकारी वकिललाई मौखिक आदेश दिएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् । तिनै रिटमाथि गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रकाशित समय १३:४८ बजे

















