गृहपृष्ठ हरेक तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल
हरेक तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र नागरिकमाथिको व्यवहारले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिएझैँ तम्सिने बताएका छन् ।
उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेझैँ दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिगमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने बताएका छन् । उनले प्रतिगमनविरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र समर्थन रहने पनि उल्लेख गरेका छन् । लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफैँ अघिल्लो मोर्चामा हुने पनि उनले बताएका छन् ।
प्रकाशित समय १३:४३ बजे

















