गृहपृष्ठ मंगलबार ४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज
मंगलबार ४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनामा पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३० जना महिला र १७३ जना पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ ।
आज थप २८५ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ लाख ६४ हजार ८२३ रहेको छ । त्यस्तै आज थप ६ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट २ हजार १७ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ । जसमध्ये ३ हजार २५२ जना आइसोलेसनमा र १२२ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १६:२२ बजे

















