गृहपृष्ठ निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो

election commission_news karobar

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ । आयोगले भोलि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षलाई आयोगमा बोलाएको हो ।

नेकपामा देखिएको राजनीतिक विभाजन र घोषणा भइसकेको मध्यावधि चुनावको विषयमा छलफल गर्न दुवै पक्षलाई डाकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई आफू वा आफ्ना ५ जना प्रतिनिधि पठाउन भनेको छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफू आधिकारिक भएको दावीसहित दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुवै पक्षको दावी नपुग्ने बताएको थियो ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु