गृहपृष्ठ कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
शुक्रबार थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । २२ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सुर्खेतका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस पुष्टि हुनेहरुको संख्या ७ हजार ५११ रहेको छ ।
शुक्रबार नै कर्णाली प्रदेशभर पाँच जना नै कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ हजार २८३ रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार हाल प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा होम आइशोलेसनहरुमा रहेको सक्रिय संक्रमितको संख्या ४८ रहेको छ । जसमा सुर्खेतमा २५, दैलेखमा तीन, जाजरकोटमा एक, सल्यानमा १९ जना रहेको छन् ।
प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा र रुकुमपश्चिममा भने कोरोना भाइरसका सक्रिय संक्रमितहरु नरहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशभर कोरोना भाईरस संक्रमणका कारण २९ जनाले ज्यान गुमाइसकेका छन् । जसमा सुर्खेतका १६, दैलेखका ६, सल्यानका एक, रुकुमपश्चिमका एक, कालिकोटका एक, डोल्पाका एक र अन्य प्रदेशका तीन जना रहेका हुन् । जसमा २१ जना पुरुष र ८ जना महिला रहेको महाशाखाको तथ्यांक छ ।
प्रकाशित समय ०९:४१ बजे

















