गृहपृष्ठ फुटबल संघ सुर्खेतको भवन उद्घाटन

फुटबल संघ सुर्खेतको भवन उद्घाटन

जिल्ला फुटबल संघ सुर्खेतको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेकी हुन् । जिल्ला खेलकुद विकास समितिको प्रांगणभित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत लागेको जिल्ला फुटबल संघले जनाएको छ ।

संघका अध्यक्ष जनकबहादुर रावलले अखिल नेपाल एन्फाले पाँच लाख र अन्य सहयोगीतादाता बाट तिन लाख संकलन गरेर भवन निर्माण सम्पन्न भएको जानकारी दिए । उनले आफ्नै भवन नहुँदा सानो तिनो कार्यक्रम गर्न पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै अब आफ्नै भवनमा कार्यक्रमहरु सञ्चालन गरिने बताए । यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अहिले खेलकुदका गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा आगामी फागुनमा वीरेन्द्रनगरमा मेयर र उपमेयरकप प्रतियोगिता सञ्चालन गर्ने बताइन् । उनले दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै सञ्चालन हुने भन्दै अहिलेदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्न संघलाई आग्रह समेत गरिन् । उपमेयर ढकालले प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिता सञ्चालनको लागि तिनै तहको सरकारको सहयोगको अपेक्षा रहेको बताए । खेलकुद प्रतियोगिता सञ्चालन गर्न भौतिक पूर्वाधार मुख्य समस्या रहेको भन्दै उनले सरकाले खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला फुटबल माहासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले भवन निर्माणसँगै अब फुटबलका गतिविधिलाई पनि चलायमान गरिने बताएका थिए । कार्यक्रममा सुर्खेतमा रहेका फुटबल क्लबहरुलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित समय ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु