गृहपृष्ठ लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड

लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय आफूसँगै भूमिगत रहेर काम गरेका र अहिले ओली समूहमा लागेका पूर्वमाओवादी नेता लेखराज भट्टलाई दलालको संज्ञा दिएका छन् ।

दाहाल-नेपालका समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उनी ओलीका दलाल भए । केपी ओली आफैँमा दलाल हुन् । उनी दलालका पनि दलाल हुनपुगे ।’

सुदूरपश्चिम आएर पटक-पटक भट्टका पक्षमा दिएको अभिव्यक्ति स्मरण गर्दै उनले त्यसलाई आफ्नो गल्तीका रुपमा व्याख्या गरे । ‘मैले पटक-पटक तपाईंहरुबीच उनी नक्षत्र हुन् भनेँ । तर दलालका पनि दलाल भए,’ प्रचण्डले भने, ‘मैले पटक-पटक मन्त्री बनाएँ । अहिले उनी ओलीको वरिपरि घुमिरहेका छन् ।’

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु