गृहपृष्ठ देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज
देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा ६१ महिला र ९८ पुरुष गरी थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा ३४ महिला र ५१ पुरुष गरी ८५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ७०, भक्तपुर ५ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ । ८४२ संस्थागत आइसोलेसन, १२८ आइसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर फर्किएका छन् । योसहित निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ । देशभर आजसम्म कोरोना संक्रमणबाट २ हजार २९ जनाको निधन भएको छ ।
प्रकाशित समय १६:५० बजे

















