गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ओमानबाट पनि सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ओमानबाट पनि सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सन्जाल विस्तार गर्दै ओमानबाट पनि सेवा सुरु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज कम्पनी एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको हो ।

अब ओमानमा रहेका नेपालीले मोर्डन एक्सचेन्ज कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्जका प्रबन्ध निर्देशक हर्मुज्दा बी दावरले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु