गृहपृष्ठ पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगमा
पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दाबीका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल लगायतका नेताहरु आयोग पुगेका हुन् ।
सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले नेकपाको आधिकारिकताका लागि दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनसँगै नेकपाको प्रचण्ड-माधव पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी बिस्तार गरेको थियो ।
त्यसपछि, दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर गत माघ ११ गते बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्दै पार्टी एकतापछि २०७५ साल जेठ २३ गते बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको थियो ।
प्रकाशित समय ११:४१ बजे

















