गृहपृष्ठ देशभर थपिए १७१ जना कोरोना संक्रमित, थप २५९ जना डिस्चार्ज

देशभर थपिए १७१ जना कोरोना संक्रमित, थप २५९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबार २५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु