गृहपृष्ठ काठमाडौंमा ४३ सहित देशभर थप १०५ जनामा कोरोना संक्रमण

काठमाडौंमा ४३ सहित देशभर थप १०५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ जनासहित देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा बागमती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४, सुदूरपश्चिममा २, कर्णाली र प्रदेश २ मा १/१ जना संक्रमित थपिएका छन् ।

जसमध्ये उपत्यकामा मात्रै ५७ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ रहेको छ । जसमध्ये २ लाख ६७ हजार ५६४ जना निको भएका छन् र २०३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु