गृहपृष्ठ बागमती प्रदेशमा सक्रिय संक्रमित १० जना मात्र, ३८३३ जना संक्रमणमुक्त

बागमती प्रदेशमा सक्रिय संक्रमित १० जना मात्र, ३८३३ जना संक्रमणमुक्त

मकवानपुरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको संक्रमणबाट मुक्त भइसकेका छन् । संक्रमित सबै हेटाैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना संक्रमण सुरू भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाैँ दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु