गृहपृष्ठ सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा नजिक धरान–इटहरी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ ।
टेम्पो र बस एकापसमा जुध्दा भएको घटनामा परी थप तीनजना घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ । इटहरीबाट धरानतिर जाँदै गरेको ना ५ ख ८१७३ नम्बरको बस र विपरीत दिशातिर आउँदै गरेको को १ घ ९२०६ नम्बरकाे टेम्पो एकापसमा जुध्दा टेम्पोमा सवार घमाया दर्लामीकाे मृत्यु भएकाे हाे । उनी धरान–१५ की निवासी हुन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उक्त घटनामा गम्भीर घाइते भएका धरानकै पेम मगर, रुमबहादुर मगर र रघुकुमारी मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको छ । बस र त्यसका चालकलाई इलाका प्र्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
(रासस)
प्रकाशित समय १९:०८ बजे

















