गृहपृष्ठ सोलुखुम्बुमा जीप दुर्घटना ७ जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना ७ जनाको मृत्यु

सोलुखुम्बुको सल्यानमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यान गाउँपालिकाबाट रमितेबजारका लागि छुटेको ना १ ज १८६० नम्बरको जीप शुक्रबार बिहान करिब ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।
खाल्पा देविस्थान भीरमा भएको दुर्घटनामा मृत्यु भएका कसैको पनि पहिचान खुलेको छैन । जीप सडकबाट करिब ३ सय मिटर तल भीरमा खसेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार घाइते ९ वर्षिय बालकको उद्धार गरी उपचारका लागि ओखलढुंगाको मिसन अस्पतालतर्फ लगिएको छ । उद्धारका लागि सदरमुकाम सल्लेरीबाट प्रहरी र नेपाली सेना घटनास्थल पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु