गृहपृष्ठ अमेरिकामा पत्रिकाको कार्यालयमा आक्रमण, पाँच जनाकाे मृत्यु

अमेरिकामा पत्रिकाको कार्यालयमा आक्रमण, पाँच जनाकाे मृत्यु

क्यापिटल ग्याजेटले वेबसाइटमा अाक्रमणकाे सन्दर्भमा लेखेकाे समाचार । यही पत्रिकाकाे कार्यालयमा अाक्रमण भएकाे हाे ।

 

अमेरिकाको मेरिल्याण्ड प्रान्तस्थित एक स्थानीय पत्रिकाको कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा पनि पाँच जनाको मृत्यु भएको एवं थप केही व्यक्ति घाइते भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

गोलि चलाएको आशंकामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार मेरिल्याण्डको करिब ४० वर्षको उक्त व्यक्तिलाई आक्रमणकारी हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको हो ।

क्यापिटल ग्याजेट नामक उक्त पत्रिकामा आक्रमण हुँदा थप केही व्यक्तिहरु रहेको बताइएको छ । सोही पत्रिकाका एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निसाना बनाएका थिए । प्रहरीले भने पक्रउ परेका व्यक्तिमाथि सोधपुछ भइरहेको बताएको छ ।

आक्रमणपश्चात १ सय ७० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । क्यापिटल ग्याजेट त्यहाँको दैनिक पत्रिका हो र यसको डिजिटल वेबसाइटसमेत रहेको छ । यसको सम्बन्ध बाल्टीमोर सन मिडियासँग रहेको बिबिसीले जनाएको छ ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु