गृहपृष्ठ आग्राका तीन विद्यालयमा सरस्वती उत्कृष्ट

आग्राका तीन विद्यालयमा सरस्वती उत्कृष्ट

देउखेलका अभिभावकको रोजाइमा पनि अंग्रेजी माध्यम

मकवानपुर थाहा ७ देउखेलस्थित सरस्वती माध्यमिक बिद्यालय एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) रिजल्टमा तत्कालिन आग्रा गाविसको उत्कृष्ट भएको छ ।

हाल थाहा नगरपालिका ७ र ८ मा रहेका अन्य दुई माविको तुलनामा सरस्वतीले एसइइमा धेरै प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सकेको हो । २५ जना बिद्यार्थीले एसइइ दिएकोमा तुलनात्मक रुपमा राम्रो नतिजा आएपनि सन्तोषजनक नरहेको बिद्यालयका प्राध्यानाध्यापक राजेन्द्र थापाले जानकारी दिए ।

एसइइ नतिजामा अझै राम्रो प्रतिशत ल्याउन शिक्षक र अभिभावक दुबैले थप मेहनत गर्नुपर्ने र त्यसमा आफुहरु लागि परेको थापाले जानकारी दिए । विद्यालयले आउँदो शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । समाजले मागे अनुसारको शिक्षा प्रदान गर्न विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको थापाको भनाई रहेको थियो । विद्यालयका सहायक प्राध्यानाध्यापक विनोद अर्यालले आउँदो शैक्षिकसत्र देखि कक्षा १ मा अंग्रेजी माध्यममा अध्यापन सुरु हुने जानकारी दिए ।

बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि राजनीतिक हस्तक्षेप रोकिनुपर्नेमा अभिभावकहरुले जोड दिएका छन् । गुणस्तर सुधारका लागि राजनीतिक हस्तक्षेप रोक्ने प्रतिबद्धता जनाउँदै अभिभावकहरुले राजनीतिक हस्तक्षेप गर्न खोजीए शसक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

शैक्षिक गुणस्तर अभिवृद्धि अभियान नै चलाएर विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा स्थानीय युवाहरु सक्रिय भइरहेका छन् । अभियानका संयोजक रघुनाथ बजगाँई, सदस्यहरु जयराम खत्री, दिनेश कार्की, रामशरण कार्की लगायतले सरस्वती माविलाई नमूना बिद्यालयका रुपमा चिनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिँदै आफूहरुको अभियानमा साथ दिन अभिभावकलाई आग्रह गरेका छन् ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु