गृहपृष्ठ नयाँ घरेको औंला औंलामा अस्ट्रेलिया

नयाँ घरेको औंला औंलामा अस्ट्रेलिया

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला औलामा अस्ट्रेलिया’ कृतिको विमोचन भएको छ । शुक्रबार होटल होलिडे इन बागबजारमा शताब्दी पुरुष तथा बरिष्ठ साहित्यकार सत्यमोहन जोसीले कृतिको विमोचन गरे ।

जोसीले नियात्राकार नयाँघरेले नेपाली निबन्ध र नियात्रामा अतुलनीय योगदान पुयाएको बताउँदै अस्ट्रेलियाली आदिबासी बारे प्रस्ट पारेको यो कृति उत्कृष्ट भएको भएको टिप्पणी गरे । विमोचन कार्यक्रममा बोल्दै समालोचक महेश पौडेलले नयाँघरेको खुबि र शैलिको कारण नियात्राको विशिष्ट स्वद कृतिभित्र रहेको बताए ।

नियात्राको मौलिख कला र शैलिका धनि नयाँघरेले ‘औला औलामा अस्ट्रेलिया’मा आफ्नो खुबी पस्केका छन् । कृतिको विमोचनमा नयाँघरेलाई सुभकामना दिँदै साहित्यकार कृष्ण धराबासिले योकृतिले अस्ट्रेलियालाई नजिक बाट जान्न सहज हुने बताए । निबन्धकार नयाँघरेको १५ कृतिमध्ये यो भन्दा अगाडी ६ ओटा नियात्रा कृति आइसकेको छ ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु