गृहपृष्ठ सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ

सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ

pakraau.newskarobar सांकेतिक तस्बिर

सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ परेका छन् । सुनचाँदी पसलको अनुगमन गरी संकलन गरिएको सुनको नमुना परीक्षण गर्दा मिसावट पाइएपछि उनीहरूलार्इ पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया प्रशासनका अनुसार व्यवसायीले सुनमा ८ प्रतिशतभन्दा बढी अन्य धातु मिसाएका छन् । प्रहरीले न्यु गण्डकी सुनचाँदी पसल गुलरिया, गण्डकी सुनचाँदी पसल गुलरिया, राप्ती सुनचाँदी पसल गुलरिया, दंगाली सुनचाँदी पसल राजापुर, लुम्बिनी सुनचाँदी पसल राजापुर, फूलराम ज्वेलर्स, गण्डकी  सुनचाँदी पसल बासगढी, मोडेल  सुनचाँदी पसल बासगढी, सीता सुनचाँदी पसल बासगढी, पोखरा  सुनचाँदी पसल बाँसगढी, पर्वत मनिषा सुनचाँदी पसल र स्याङ्जा सुनचाँदी पसल बासगढीका सञ्चालकलार्इ पक्राउ गरेको छ । शनिबार बेलुका पक्राउ परेका व्यवसायीविरूद्ध कालोबजारी तथा सार्वजनिक अपराध एेनअनुसार कारबाही चलाइएको बर्दिया प्रशासनले जनाएको छ ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु