गृहपृष्ठ गोरखामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
गोरखामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
गोरखाको शहीद लखन गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६ अँधेरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
स्थनीय नवराज कुँवरको घर पुरिदा नवराजको नौ महिने छोरा, १० वर्षीया भतिजी प्रविना कुँवर र २० वर्षीया भान्जी सरु कुँवरको मृत्यु भएको हो । घटनास्थलतर्फ प्रहरीको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रकाशित समय १०:१४ बजे

















