गृहपृष्ठ ब्रेकिङ न्युज : कञ्चनपुरमा ८ वर्षीया बालिका बलात्कृत
ब्रेकिङ न्युज : कञ्चनपुरमा ८ वर्षीया बालिका बलात्कृत
कञ्चनपुरको पुनर्बास नगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । पुनर्बास नगरपालिका–४ स्थित नमुना महिला सामुदायिक वनमा मोटरसाइकलमा लगेर बालिकालार्इ बलात्कार गरिएको हो ।
बलात्कारमा संलग्न रहेको आरोपमा पुनर्बास-३ का २४ वर्षीय शलिम अन्सारी पक्राउ परेका छन् । अभियुक्त अन्सारीमाथि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी सहायक निरीक्षक गणेश खडायतले जानकारी दिए । अन्सारी पेट्रोल पम्प व्यवसायी हुन् । बालिकालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय २०:२४ बजे

















