गृहपृष्ठ डा. केसीलाई मनिषा कोइरालाको साथ, शुसीला कार्कीसँग मिलाउँदै हात

डा. केसीलाई मनिषा कोइरालाको साथ, शुसीला कार्कीसँग मिलाउँदै हात

manisha koirala_newskarobar

तीन सातायता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शनिबार काठमाडौँमा केसी समर्थकले प्रदर्शन गर्ने भएका छन् ।

प्रदर्शनमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की, कल्याण श्रेष्ठसहित पूर्वउपकुलपति केदारभक्त माथेमा, नेता, लेखक, कलाकार, पेशाकर्मीलगायत सर्वसाधरण पनि सहभागी हुने भएका छन् । उनीहरुले मध्यान्ह १२ बजे माइतिघरमा भेला हुन आपसमा आह्वान गरिरहेका छन् ।

प्रदर्शनमा अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी, साहित्यकारखगेन्द्र संग्रौला, डा. देवेन्द्रराज पाण्डे, श्याम श्रेष्ठलगायत पनि सहभागी हुने बताइएको छ ।

प्रकाशित समय २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु