गृहपृष्ठ स्कुटर चोर्दा चोर्दै नयाँ बानेश्वरबाट दुर्इ जना पक्राउ
स्कुटर चोर्दा चोर्दै नयाँ बानेश्वरबाट दुर्इ जना पक्राउ
सांकेतिक तस्बिर
काठमाण्डौंको शंखमुलमा पार्किङमा राखेको दुईवटा स्कुटर चोर्दै गर्दा प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ । पार्किङमा राखेको स्कुटर चोर्ने प्रयास गर्दैगर्दा २ जनालाई प्रहरीले रगेहात पक्रिएको हो ।
माहानगरीय प्रहरी वृत नयाँ बानेश्वारको टोलीले शंखमुलस्थित सडकमा पार्किङमा राखेको बा. ३० प १८५३ र बा. ४४ प ३१०४ नम्बरका प्लेजर स्कुटर चोर्दै गर्दा २ जना पक्राऊ परेको हो । प्रहरी निरीक्षक राज ढकालले दिएको जानकारीअनुसार कैलालीको धनगढी चौराहा घरभई ललितपुर बस्ने शिखर रेग्मि र कालीकोट कोटवडा घरभई भक्तपुर कमलविनायक बस्ने उत्तम बिष्टलाई नियन्त्रणमा लिइएको हो ।
स्कुटर धनीकै जाहेरीमा उनिहरुलाई प्रक्रिएको निरीक्षक ढकालले जानकारी दिए । ढकालले थप अनुसन्धानसहित चोरीका आरोपी युवालाई चोरी मुद्दामा प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए ।
प्रकाशित समय १४:३७ बजे

















