गृहपृष्ठ तेइस सय कर्मचारी कारबाहीमा
तेइस सय कर्मचारी कारबाहीमा
सरकारले दुई हजार ३ सय ३१ कर्मचारीलाई कारबाही गर्ने भएको छ । समयमा कार्यालय नआएको र तोकिए अनुरुपको पोशाक नलगाएको भन्दै उनीहरुमाथि कारबाही गर्न लागिएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा गरेको अनुगमनमा २ हजार ३ सय ३१ कर्मचारी समयमा कार्यालय नआएको तथा तोकिएको पोशाक नलगाएको पाएपछि कारबाहीका लागि सिफारिश गरेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीहरु समयमा कर्यालयमा आए नआएको एवं तोकिएको पोशाक लाए नलाएको भन्दै बेला बेलामा छड्के अनुगमन गर्दै आएको छ । सोही अनुगमनका क्रममा दोषी देखिएका कर्मचाहरुहरुलाई कारबाहीका लागि केन्द्रले सिफारिश गरेको हो ।
त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएको छ । दोषी देखिएका कर्मचारीउपर नसिहत दिने तथा सचेत बनाउने कारबाहीका लागि सिफारिस गरेको हो ।
केन्द्रले गत आ.व.मा विभिन्न ४९ जिल्लाका एक हजार १ सय २ कार्यालयमा छड्के अनुगमन गरेको थियो । केन्द्रले उक्त आ.व.मा करिब पाँच सय कार्यालयको अनुगमन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा दोब्बर अनुगमन गरेको जनाएको छ ।
प्रकाशित समय २१:१७ बजे

















