गृहपृष्ठ मन्त्रीपरिषद् विस्तार गर्दै लालबाबु राउत, ३ राज्यमन्त्रीले बुधबार सपथ लिने

मन्त्रीपरिषद् विस्तार गर्दै लालबाबु राउत, ३ राज्यमन्त्रीले बुधबार सपथ लिने

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । राउतले बुधबार ३ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको सिफारिसमा ३ राज्यमन्त्रीलाई बुधबार सपथ खुवाउने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ । सरकार गठन भएको ५ महिनापछि राउतले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

राजपाले सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई राज्यमन्त्रीमा सिफारिश गरेको छ । राजपाको सोही सिफारिशका आधारमा उनीहरुलाई राज्यमन्त्रीको सपथ खुवाउने तयारी भएको हो ।

राज्यमन्त्रीमा सिफारिश भएका मण्डलले प्रदेश सरकारको उद्योग तथा पर्यटन, झाले भौतिक पूर्वाधार र शर्माले सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने छन् । सरकार गठन भएको लामो समय भइसक्दा पनि आन्तरिक विवादका कारण सरकारमा सहभागी हुने राज्यमन्त्रीको नाम टुंग्याउन सकेको थिएन ।

प्रकाशित समय २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु