गृहपृष्ठ उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने विषयमा अड्कियो सरकार–केसी वार्ता

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने विषयमा अड्कियो सरकार–केसी वार्ता

kc-ansan-newskarobar

 

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने विषयमा सरकार–केसी वार्ता अड्किएको छ । डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच बालुवाटारमा भएको नौ बुँदे सहमतिमा १० वर्ष उत्पयकामा मेडिकल कलेज खोल्न नपाइने विषय समेटिएको थिएन ।

सोही विषयमा असन्तुष्टि जनाउँदै डा. केसीले अनसन तोड्न नमानेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही विषयमा असहमति जनाएपछि पुनः वार्ता गर्ने गरी दुवै पक्ष त्रिवि शिक्षण अस्पतालबाट बाहिरिएका छन् ।

यसअघि शिक्षा मन्त्रालयमा भएको सात बुँदे सहमतिको ड्राफ्टका केही बुँदामा डा. केसी असहमत भएपछि पुनः बालुवाटारमा बसेको बैठकले नौ बुँदे सहमति गरेको थियो ।

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु