गृहपृष्ठ पोखरा विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलार्इ मुक्तिनाथ बैंकमा रोजगारी

पोखरा विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलार्इ मुक्तिनाथ बैंकमा रोजगारी

muktinath_pokharauniversi

 

पोखरा विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलार्इ मुक्तिनाथ विकास बैंकले रोजगारी दिने भएको छ । पोखरा विश्वविद्यालयबाट बीबीए, बीआर्इ र एमबीए उत्तीर्ण उत्कृष्ट पाँच विद्यार्थीलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रक्रिया पूरा गरी बैंकले रोजगारी दिने भएको हो । साथै, बैंकले पोखरा विश्वविद्यालयबाट बीबीए, बीआर्इ र एमबीए उत्तीर्ण गर्नेलाई इन्टर्नसिपको अवसर पनि प्रदान गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंक र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच बैंकमा आवश्यक मानव संसाधन व्यवस्थापन गर्ने/गराउनेसम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले विभिन्न विभागमा अध्ययनरत विद्यार्थीलाई आवश्यक बैंकिङ तालिम तथा व्यावहारिक ज्ञान आदानप्रदान गर्नेछ । यो सम्झौताले शैक्षिक योग्यता हासिल गरिसकेपछि देखिने बेरोजगारी समस्या हल गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु