गृहपृष्ठ बलात्कार प्रकरणले उग्ररूप लियाे
बलात्कार प्रकरणले उग्ररूप लियाे
१२ राउड आश्रुग्याँस प्रहार, दुई प्रहरी सहित दर्जनौं स्थानीय घाईते
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको उखुबारीमा बलात्कारपछि भएको हत्या प्रकरणलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित स्थानीयले भीमदत्त नगरपालिकाको मूल गेटमा दिनभरी टायर बालेर प्रर्दशन गर्दै भित्र जान खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा परि दुई प्रहरी सहित दर्जनौं स्थानीय घाईते भएका छन् । दिउँसो १ बजेतिर नगरपालिकाको मुल गेटमा प्रर्दशन गर्न आएका आन्दोलनकारीलाई प्रहरीले पाँच घण्टापछि तितरवितर बनाएको थियो । भीड नियन्त्रण लिने क्रममा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट दुई प्रहरी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले प्रहरी हवल्दार केशव दत्त भट्ट र जवान दान सिंह धामी घाईते भएको बताए । आन्दोलनकारीतर्फ भने दर्जनौं घाईते भएका छन् । प्रहरीले भीड तितरवितर पार्नका लागि एक दर्जन आश्रुग्याँस प्रहार गरेको थियो ।
भागदौड र प्रहरीले लाठि चार्ज गर्दा दर्जनौं स्थानीय घाईते भएका थिए । घाईते प्रहरीको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । यस्तै प्रहरीले एक पुरुष सहित ५ जना महिला लाई नियन्त्रणमा लिएको छ ।
स्थानीयले घटनास्थलमा प्रहरी बिट राख्नुपर्ने, दोषिलाई कारबाही गरिनुपर्ने माग राख्दै दिनभर महेन्द्रनगर बजारमा प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका थिए । झण्डै दुई घण्टा पूर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गराएका प्रर्दशनकारीले घटनाको सत्यतथ्य छानविन नहुन्जेल आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
मृतक निर्मलाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दोषिलाई नपक्रिउन्जेलसम्म शव नबुझ्ने स्थानीयको चेतावनी छ । शुक्रबार बिहान निम्बुखेला खोला सडकमा निर्मलाको साईकल, कापी र अम्बा फेला परेपछि स्थानीयले खोला नजिकै रहेको उखुबारीमा शव भेटिएका थिए । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक निर्मलाका साथी रोशनी बमले दिउँसो ११ः१५ मा निर्मला घरबाट आफ्नो घर आएको बताईन् । ‘दुवैले होमवर्क गरे, मैले उनलाई अब्बा दिएर घर पठाएको थिएँ,’ रोशनी बमले भनिन्, ‘आज उनी मृत अवस्थामा फेला परेको कुरा सुन्दा डर लागिरहेको छ ।’
प्रकाशित समय १९:५१ बजे

















