गृहपृष्ठ नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

नेपाल र नेदरल्याण्ड त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् । बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता बनेका हुन् । खेल जारी रहँदा वर्षा भएपछि दुबै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

खेल रद्द भएपछि त्रिकोणात्मक टी–२० सिरिजमा दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो । नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । लर्डसमा टस हारेर पहिले व्याटिङ सुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाएका थिए । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक–एक विकेट लिएका थिए । त्यसअघि नेपालसँग आयोजक एमसीसी ९ विकेटले पराजित भएको थियो ।

यससँगै नेपाल ऐतिहासिक एकदिवसीय श्रृंखला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्डबीचको दुई खेल बुधबार र शुक्रबार हुने छ ।

प्रकाशित समय ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु