गृहपृष्ठ आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी

आर्ट काउन्सिलमा उत्कृष्ट फोटोहरुको प्रदर्शनी

Photo exhibation-news karobar फोटो प्रदर्शनीमा ‘फोटो अफ दि इयर’ विजेता नरेन्द्र श्रेष्ठले खिचेको ‘आफ्नै मृत छोरालाई कोशीको बाढीमा बगाउँदै गरेको आफ्नै तस्बिर हेर्दै’ सप्तरीका फुदन सदा । गत वर्ष साउनमा लगातार वर्षापछि आएको बाढीका कारण तराई जलमग्न हुँदा उपचार अभावमा मृत्यु भएका बालक कमललाई गाड्ने जमिन नहुँदा फुदनले कोशी नदीमा बगाएका थिए ।

 

फोटो पत्रकार क्लबद्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता– २०७५ मा छानिएका उत्कृष्ट तस्बिरको प्रदर्शनी काठमाडौंको बबरमहलमा सुरु भएको छ । नेपाल आर्ट काउन्सिल बबरमहलमा बुधबार सुरु भएको फोटो प्रदर्शनी २१ गते सोमबारसम्म चल्नेछ ।Photo exhibation-news karobar (4)

प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आईएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उकृष्ट एक सय ६० फोटो राखिएको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए । कार्यक्रमका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए ।

 

Photo exhibation-news karobar (3)

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकाले फोटो पत्रकारले फोटोमार्फत पर्यटन प्रवद्धधन गर्नुपर्ने बताए । क्लबका अध्यक्ष कार्कीले नेपालमा मात्रै नभई दक्षिण एसियालाई नै समेट्ने गरी ‘साउथ एसिया प्रेस फोटो कन्टेस्ट’ आयोजना गर्ने तयारीमा क्लब रहेको जानकारी गराए ।Photo exhibation-news karobar (5)

कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गरेका छन् । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक बालक कमलका बुबा हुन् । सदाले आफू पाएको रकमले चार कट्ठा जग्गा भाडामा लिएर तरकारीखेती गर्ने बताए ।Photo exhibation-news karobar (1)

श्रेष्ठको फोटो अफ दि इयर बन्न सफल तस्बिरले एक लाख रुपैयाँ पुरस्कार जितेको थियो । उनले ७० हजार सदा परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थापाको परिवारलाई हस्तान्तरण गरे । काठमाडौंपछि विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा यसै वर्ष फोटो प्रदर्शनी हुने क्लबले जनाएको छ ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु