गृहपृष्ठ लेटाङमा पिकअप दुर्घटना, २ को मृत्यु, १३ घाइते

लेटाङमा पिकअप दुर्घटना, २ को मृत्यु, १३ घाइते

accident_newskarobar

मोरङको लेटाङ-१, कुइगुण्डामा पिकअप बोलेरो अनियन्त्रित भई भीरबाट खस्दा दुर्इजनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

केराबारीको सिंहदेवीबाट लेटाङ जाँदै गरेको पिकअप वर्षाले बिग्रिएको बाटोमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । दुर्घटनामा भारतको आसाम घर भएका २१ वर्षीय तपन ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, धनकुटाको चौबिसे गाउँपालिकाकी चन्द्रमाया लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानमा उपचार गराइरहेका अधिकांशको अवस्था गम्भीर रहेको प्रतिष्ठानस्थित प्रहरी बिटले जनाएको छ । बाटो हिलाम्मे भएकाले दुर्घटना भएको घाइतेहरुले जनाएका छन् ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु