गृहपृष्ठ अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

bisfot-newskarobar सांकेतिक तस्बिर ।

 

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । गार्डेजमा रहेको मस्जिदमा शुक्रबार लगातार भएका दुई छुट्टा–छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जिदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी आक्रमणकारीतर्फका दुई जना मारिएका छन् ।

प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताएका छन् । घटनामा घाइते भएका मध्य केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विभागीय प्रमुख अहमाड्जीका अनुसार घाइते मध्य केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने सम्भावना छ । घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् ।

विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । घटनाका बारेमा हालसम्म कसैले जिम्मेवारी नलिएको बताइएको छ । अफगानिस्तानमा भएका यस्ता आक्रमणहरुमा विगतमा इस्लामिक स्टेट (आइएस) लडाकुहरुको सम्लग्नता पाइने गरेको छ ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु