गृहपृष्ठ उदयपुरको रामपुरमा मोटरसाइकल दुर्घटनामा गाईको मृत्यु
उदयपुरको रामपुरमा मोटरसाइकल दुर्घटनामा गाईको मृत्यु
उदयपुरको रामपुरमा मोटरसाइकले ठक्कर दिँदा गाईको मृत्यु भएको छ । चतराबाट रामपुर तिर आउँदै गरेको को. ३ प ४५४९ नम्बरको मोटरसाइकलको ठक्करबाट गाईको मृत्यु भएको रामपुर प्रहरी चौकीका प्रहरी निरीक्षक नविन सिंहले न्युज कारोबारलाई बताए ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार २९ वर्षिय कमल बिक र २६ वर्षीय ध्रुव बिक गाइते भएका छन् । घाइते दुवै जनाको रामपुरमा सामान्य उपचार पछि धरान लगिएको सिंहले जानकारी दिए ।
गाइ चर्न रोड क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । गाई धनी लालबहादुर राईसँग अझै सम्पर्क नभएको सिंहले बताए ।
प्रकाशित समय १९:३७ बजे

















