गृहपृष्ठ एनआईसी एसिया बैंकमा क्युआर कोडमार्फत भुक्तानी सुविधा

एनआईसी एसिया बैंकमा क्युआर कोडमार्फत भुक्तानी सुविधा

 

एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भुक्तानी सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ ‘मोबैंक एप’ प्रयोग गरी यो सुविधा लिन सकिनेछ ।

क्युआर कोडमार्फत भुक्तानी गर्न मर्चेन्टले मोबैंक मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरी क्युआर कोड जेनरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरी सोही क्युआर कोडमा मोपे विकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । मर्चेन्टले भुक्तानी काउन्टरमा क्युआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन्, जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

नेपालमै पहिलो पटक सुरू भएको यो सेवाबाट व्यवसायी तथा ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ । यो सेवा प्रयोग गर्न ग्राहकसँग स्मार्ट फोन हुनुपर्नेछ । मोबाइल बैंकिङ मोबैंक सेवा गुगल प्ले एप स्टोर अथवा बैंकको वेबसाइटबाट डाउन लोड गरी प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यसैबीच, एनआईसी एसिया बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एनआईसी एसियाका प्रमुख मार्केटिङ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । सम्झौतासँगै बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम एनआर्इसी एसियाका २ सय ३४ वटा शाखामार्फत भुक्तानी लिन सकिनेछ ।

प्रकाशित समय २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु