गृहपृष्ठ जुगेडी पुलमा भारतीय ट्रक दुर्घटना, दुई जनाको मृत्यु

जुगेडी पुलमा भारतीय ट्रक दुर्घटना, दुई जनाको मृत्यु

accident_newskarobar

 

एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक चितवनको जुगेडी पुलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर महानगरपालिका–२९ जुगेडी पुलमा ट्रक खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी भारतको बलरामपुरका २५ वर्षीय जुबेर मोहम्मद र अर्का एकजनाको मृत्यु भएको छ । त्यसैगरी अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मोहम्मद ट्रकका चालक हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये एकको घटनास्थलमै र अर्काको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु