गृहपृष्ठ गृहमन्त्रीद्वारा नागरिकता संशोधन विधेयक पेस
गृहमन्त्रीद्वारा नागरिकता संशोधन विधेयक पेस
प्रतिनिधिसभाको सोमबारको बैठकमा नागरिकता संशोधनसम्बन्धी विधेयक पेस भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ पेस गरेका हुन् ।
विधेयकका बारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन गर्ने सन्दर्भमा भारतसँग छलफल भइरहेको जानकारी दिए । गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अरु अधिकार दिने ढंगबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउन लागिएको गृहमन्त्रीले प्रस्ट पारे ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक, २०७५ सदनसमक्ष पेस गरेका छन् । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि निवृत्तभरण कोष विधेयक २०७५ प्रस्तुत गरे ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेस गरेका छन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरे ।
प्रकाशित समय १८:१३ बजे

















