गृहपृष्ठ माइक्रो र ट्याम्पो विस्थापित गर्दै राजधानीमा ठूला बस सञ्चालन
माइक्रो र ट्याम्पो विस्थापित गर्दै राजधानीमा ठूला बस सञ्चालन
काठमाडौंका लामा रुटमा माइक्रो र ट्याम्पो विस्थापित गरी सरकारीले ठूला १७ वटा बस सञ्चालनमा ल्याएको छ । दिगो सार्वजनिक यातायात कम्पनीले मंगलबारदेखि नयाँ बसपार्क- गोल्कोपाखा- जमल- कमलपोखरी- ज्ञानेश्वर- मैतिदेवी- पुरानो बानेश्वर- सिनामंगल- कोटेश्वरसम्मको रुटमा माइक्रो र टेम्पो विस्थापन गरी अपांगमैत्री ठूला बस चलाउन थालेको हो ।
एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट पहिलोपटक ठूला बस सञ्चालमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायातमन्त्री रघुवीर महासेठले सोमबार उद्घाटन गरेको यातायात बस सेवा मंगलबारबाट नियमित सञ्चालनमा आएको विभागले जनाएको छ ।
यो रुटमा ३५ वटा ट्याम्पो र २६ वटा माइक्रोबस सञ्चालनमा थिए । जीपीएस सिस्टमका नयाँ बसमा डिटिजल कार्डबाट पनि भाडा तिर्न सकिने व्यवस्था छ । सुरक्षाका लागि बसभित्र सिसि क्यामेरा जडान गरिएका छन् । सरकारको जमानीमा नगर विकास कोषको सहुलियत ऋण सहयोगमा साना सवारी साधन हटाएर ४० सिट क्षमताका बस सञ्चालनमा ल्याइएको हो ।
प्रकाशित समय १२:२३ बजे

















