गृहपृष्ठ रहेनन् भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी

bajpaiye-newskarobar

 

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहिबार निधन भएको छ । ९३ वर्षीय वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्व प्रधानमन्त्री वाजपेयीको निधनको खबर दिन एम्स अस्पतालद्वारा जारी विज्ञप्तिमा उनको निधन बेलुकी ५ बजेर ५ मिनेट जाँदा भएको उल्लेख गरिएको छ । मधुमेहका पीडित वाजपेयीलाई यसै वर्षको जुन महिनामा मृगौलामासमेत संक्रमण देखिएको थियो । त्यसपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो ।

तीन पटक भारतीय प्रधानमन्त्री बनेका वाजपेयी त्यहाँका लोकप्रीय कवि पनि थिए । उनी भारतको सर्वाेच्च नागरिक सम्मान भारत रत्नबाट पनि विभूषित भइसकेका छन् । ३ पटकसम्म प्रधानमन्त्री बनेका वाजपेयीको पहिलो प्रधानमन्त्रीत्व भने १३ दिनको मात्र रह्यो ।

उनी १९९६ मे १६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर, १३ दिनभन्दा बढी समय उनी प्रधानमन्त्री हुन पाएनन् । त्यसबेला भारतीय जनता पार्टी ठूलो दल बनेको थियो । त्यसपश्चात राष्ट्रपतिको आह्वानमा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका उनी लोकसभामा बहुमत जुटाउन नसक्दा राजिनामा दिन बाध्य भए ।

दोस्रो पटक १९९८ मा प्रधानमन्त्री बनेका बजपेयीको सरकार १३ महिनाको अवधिमा फेरी ढल्यो । पहिलो पटक १३ दिन र दोस्रो पटक १३ महिनामै सरकार गिर्नुलाई संयोगनै मान्न सकिन्छ । तर तेस्रो पटक भने उनी सन् १९९९ देखि २००४ सम्म भारतको प्रधानमन्त्री बने ।

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु