गृहपृष्ठ प्रदेश ७ को नाम र स्थायी राजधानी टुंगिँदै

प्रदेश ७ को नाम र स्थायी राजधानी टुंगिँदै

तीन पटक समय थपेर सुझाव समितिले बुझायो प्रतिवेदन

pradesh-7-building-state-newskarobar

 

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले गठन भएको लामो समयपछि प्रदेशका सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

विशेष सुझाव समितिले मंगलबार सभामुख अर्जुन बहादुर थापालाई स्थायी राजधानी र नामका विषयमा सुझाव सहितको प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै सभामुख थापाले छलफलका लागि छिट्टै प्रदेशसभा बैठकमा पेश गरी राजधानी र नामाकङ्नको विषय टुङ्गाउने बताए ।

विशेष सुझाव समितिका संयोजक तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सबैको अपनत्व हुनेगरी विशेष सुझाव सहितको प्रतिवेदन पेश गरिएको बताए ।

तर समितिले प्रस्ताव गरेको नाम र स्थानको बारेमा भने जानकारी दिइएको छैन । सुझाव संकलनका क्रममा डोटी बाहेकका अधिकांशले धनगढी क्षेत्रलाई राजधानी राख्न सुझाव दिएको बताइएको छ भने सेतीमा राजधानी हुने र मुख्यमन्त्री पनि सेतीकै भएकाले नाम महाकाली राख्ने सुझाव पनि दिईएको छ ।

श्रोतका अनुसार अधिकांशले नाममा खप्तड राख्न सुझाव दिएका छन् । तर पश्चिम प्रदेश र सुन्दरपश्चिम प्रदेश पनि राख्न कतिपयले सुझाव दिएका छन् । विशेष सुझाव समितिले प्रतिवेदन बुझाउन तेस्रो पटक थप गरिएको समयमा मात्र सभामुखलाई प्रतिवेदनश बुझाएको हो ।

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु