गृहपृष्ठ महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन सुरु, बजार यातायात सेवा ठप्प
महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन सुरु, बजार यातायात सेवा ठप्प
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै स्थानीयले बिहिबार पनि बिहानै देखि प्रदर्शन सुरु गरेका छन् ।
महेन्द्रनगरका उद्योगी व्यवसायी र अधिकारकर्मीले बिहानै देखि आन्दोलन सुरु गरेका हुन् ।प्रदर्शनकारीले चोकचोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
आन्दोलनका कारण बजार ठप्प भएको छ । स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् । वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका हुन् ।
यसअघि बुधबार दिनभर महेन्द्रनगर तनावग्रस्त भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
प्रकाशित समय ०९:३२ बजे

















