गृहपृष्ठ प्रधानन्यायाधीशमा मिश्र र राणाको भिडन्त

प्रधानन्यायाधीशमा मिश्र र राणाको भिडन्त

संवैधानिक परिषदले नाम सिफारिस गर्दै

प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दैछ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशको लागि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि परिषदले नयाँ नाम सिफारिस गर्न लागेको हो ।

समितिबाट अस्वीकृत भएपछि जोशी बिदामा बसेका छन् । अहिले कामु प्रधानन्यायाधीशको रुपमा वरिष्ठ न्यायधीश ओमप्रकाश मिश्रले काम गर्दै आएका छन् । परिषदले वरिष्ठतमका आधारमा मिश्र र चोलेन्द्रशमशेर राणा मध्ये एक जनाको नाम सिफारिस गर्ने छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाए पनि प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेश गएकाले बैठक बस्न सकेको थिएन । सभापति देउवा नेपाल फर्किएकाले बिहिबार दिउँसो ४ बजेका लागि परिषद बैठक बोलाइएको छ ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु