गृहपृष्ठ प्रतिनिधि सभामा प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित
प्रतिनिधि सभामा प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित
महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्ताव प्रतिनिधि सभाले सर्व सम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
महिला तथा बालबालिकामाथि हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै प्रतिनिधि सभाका २२ सांसले उक्त प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्ताव सरकारलाई ३ बुँदे निर्देशनसहित पारित गरिएको हो ।
छलफलको जवाफ दिँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न सरकारको प्रतिवद्धता दोहोर्याइन् । उनले संकल्प प्रस्तावमार्फत संसदले दिएको निर्देशनअनुसार काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।
प्रकाशित समय २०:४४ बजे

















