गृहपृष्ठ महेन्द्रनगरमा कर्फ्यु हट्यो, बजारमा चहलपहल बढ्यो
महेन्द्रनगरमा कर्फ्यु हट्यो, बजारमा चहलपहल बढ्यो
जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा जारी कर्फ्यु हटाएको छ । महेन्द्रनगरको जनजीवन सामान्य भएकाले कर्फ्यु मंगलबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि हटाइएको हो । कर्फ्यु हटेसँगै महेन्द्रनगरमा चहलपहल बढेको छ ।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पाक्राउ गर्न माग गर्दै स्थानीयले गरेको आन्दोलन उग्र भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो । आन्दोलनमा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त बनेको थियो ।
सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर शुन्यबाट अनुसन्धान सुरु गरिरहेको छ । प्रहरीले वास्तविक हत्यारालाई जोगाएर निर्दोषलाई पक्राउ गरिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
प्रकाशित समय ०७:५१ बजे

















