गृहपृष्ठ बिहिबार र शुक्रबार उपत्याकामा शिक्षण संस्था बन्द हुने
बिहिबार र शुक्रबार उपत्याकामा शिक्षण संस्था बन्द हुने
बिमस्टेक सम्मेलनका लागि बिहिबार र शुक्रबार काठमाडौं उपत्याकाको सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएको छ । बिमस्टेक सम्मेलनमा आउन लागेका लागेका विदेशी अतिथिको आवागमनलाई सुरक्षित बनाउन सरकारले दुई दिन सम्पूर्ण शिक्षण संस्था बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयमा सोमबार बसेको सुरक्षा महाशाखाको बैठकले बिमस्टेक सम्मेलनलाई सहज बनाउन शिक्षा मन्त्रालयको सिफारिशमा भदौ १४ र १५ गते शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
बुधबार पनि अधिकांश विद्यालय बन्द भएका छन् । बिजोर गाडी मात्र चलने भएकाले विद्यालयहरु बन्द भएका हुन् ।
प्रकाशित समय ०७:३७ बजे

















