गृहपृष्ठ एसिया कप छनोटमा नेपाल र ओमान भिड्दै
एसिया कप छनोटमा नेपाल र ओमान भिड्दै
फाइल तस्बिर
एसिया कप छनोटका लागि नेपाली क्रिकेट टिमले पहिले खेल ओमानसँग खेल्दैछ । आज बिहान ७ बजेर ४५ मिनेटमा मलेसियाको वायुइमास ओभलमा नेपाल ओमानसँग खेल्न लागेको हो ।
नेपालले यसअघि ओमानसँग ६ पटक भिडिसकेको छ । तीन खेलमा जित र तीन खेलमा पराजित भएको नेपाल आज जितको लक्ष्य सहित मैदान उत्रदै छ ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नयाँ रणनीतिका साथ मैदान उत्रने बताएका छन् । आजको खेल जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने छन् ।प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ छन् ।
प्रकाशित समय ०७:१९ बजे

















