गृहपृष्ठ प्रधानाध्यापकद्वारा छात्रामाथि यौन दुर्व्यवहार !

प्रधानाध्यापकद्वारा छात्रामाथि यौन दुर्व्यवहार !

बुटवलमा स्कूले किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । होस्टेल बसेर १० कक्षामा पढ्ने एक छात्रामाथि यौन दुव्र्यहार गरेको आरोपमा बुटबल ११ नहरपुरस्थित ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक तोयाराम पौडेल पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अभिभावकको उजुरीपछि प्रअलाई नियन्त्रणमा लिइएको हो । बुधबार सयौँको संख्यामा विद्यालय पुगेका अभिभावकले विद्यालय घेराउ गरे । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

होस्टेलमै गएर प्रधानाध्यापक पौडेलले यौन दुव्र्यहार गर्ने गरेका पीडित भनिएकी छात्राले बताएकी छन् । कक्षा १० मा पढने ती छात्राले बिदामा घर गएका बेला आफ्ना अभिभावकसँग यसबारे गुनासो गरेपछि घटना बाहिरिएको हो । ती छात्राका अनुसार होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रधानाध्यापकले राति कोठामा बोलाउने र शरीर छामछुम गर्ने गरेका थिए । बालिकामाथि यौन दुव्र्यवहार गर्ने प्रअलाई कारबाही गर्न स्थानीयबासी र अभिभावकलवे माग गरेका छन् ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु