गृहपृष्ठ मुलुकको अर्थतन्त्र खतरामुक्त : अर्थमन्त्री खतिवडा

मुलुकको अर्थतन्त्र खतरामुक्त : अर्थमन्त्री खतिवडा

arthamantri-newskarobar फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र खतरामुक्त रहेको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सकारात्मक पक्षलाई बेवास्ता गरी नकारात्मक सूचकको मात्रै चर्चा नगर्न आग्रह पनि गरे । ‘मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगरौँ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न हुँदैन ।’

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाह्य तथा निजी क्षेत्रका लगानीकर्ताहरुको मनोबल गिर्नेतर्फ पनि सम्बन्धित सबैलाई सचेत गराए । व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न पनि सरकारले कतिपय आयातित बस्तुहरुमा जोड दिनु परेको उनको भनाइ छ ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु