गृहपृष्ठ सांसदहरुसँग बस्न मानेनन् गोविन्द केसी, पत्रमै लेखे यस्ताे जवाफ
सांसदहरुसँग बस्न मानेनन् गोविन्द केसी, पत्रमै लेखे यस्ताे जवाफ
चिकित्सा क्षेत्र सुधारका लागि सरकारसँग सम्झौता गरेका वरिष्ठ चिकित्स गोविन्द केसीले संसदीय समितिमा भाग लिन अस्वीकार गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा उपस्थित भएर छलफल गर्न उनले अस्वीकार गरेका हुन् । समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफलमा बुधबार वरिष्ठ चिकित्सक केसीले लिखित धारणा राखे ।
विधेयकका बारेमा आफूले सरकारसँग सम्झौता गरिसकेकाले विधेयकमाथिको छलफलमा भाग नलिएको बताए । लिखित धारणामा उनले भनेका छन्, ‘सरकारले मसँग गरेका सम्झौता बमोजिम संसदबाट यथाशीघ्र सो विधेयक पारित गराउन पहल गरिदिन म समिति समक्ष आग्रह गर्दछु ।’
आफू र सरकारबीच भएको नौं बुदे सहमति अनुसार परिमार्जन गरी विधेयक पारित हुने विश्वास पनि उनले समिति समक्ष व्यक्त गरे । केसीले मेडिकल शिक्षाको नियमन तथा यसबारे कानुन र नीति निर्माणको काम अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्न पनि संघीय सरकार र सांसदहरुलाई आग्रह गरे । ‘नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र सबै विद्यार्थीले मेडिकल शिक्षा हासिल गर्न सकून भन्ने उद्देश्यका साथ सत्याग्रह गर्नु परेको हो,’ उनले भनेका छन् ।
बिहीबार बिहान ११ बजे बस्ने समितिको अर्को बैठकमा नेपाल मेडिकल एशोसिएसनसँग छलफल गर्ने कार्यसूची तय गरिएको समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए ।
प्रकाशित समय १८:२६ बजे

















